समाचार
भारतको पञ्जाबमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
नयाँ दिल्ली, १२ पुस, (रासस/सिन्ह्वा) : उत्तरी भारतको पञ्जाब राज्यमा एउटा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्…
प्रदेशको विकास र समृद्धिका लागि कर्णाली र लुम्बिनी प्रदेशबीच साझा प्रतिबद्धता
कर्णाली, १२ पुस : दुवै प्रदेशको विकास र समृद्धिका लागि भएको समन्वयात्मक बैठकमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री…
मुआब्जा नपाएको रेलमार्ग प्रभावितको गुनासो
झापा, १२ पुस : प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग परियोजनाबाट प्रभावित जग्गाधनीहरूले अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने भए उचित क्षतिपूर्तिसहित फुकुवा गरिदिन सरकारसँग माग गरेका छन् । सरकारले उक्त परियोजनाका लागि…
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
भेन्टियान, १२ पुस, (रासस/सिन्ह्वा) : लाओसमा डेङ्गुका बिरामीको सङ्ख्या २० हजार नाघेको छ र यो वर्ष अहिलेसम्म ११ जनाको मृत्यु भएको लाओको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । स्वास्थ्य मन्त्रालयको…
सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
काठमाडौँ, १२ पुस : खानेपानीमन्त्री प्रदीप यादवले मुलुका सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालका दुर्गम तथा…
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
काठमाडौँ, १२ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, ऋग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिनुभएको छ…
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण : स्वास्थ्यमन्त्री पौडेल
दमौली (तनहुँ), १२ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–२ निवासी पूर्वराज्यमन्त्री एवं कांग्रेस नेता अमरराज…
चीनद्वारा प्रक्षेपण गरिएको व्यावसायिक रकेट असफल
बेइजिङ, १२ पुस, (रासस/सिन्ह्वा) : चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । चीनको लिजियान–१ वाई६ क्यारियर रकेट उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस इनोभेसन पाइलट जोनबाट प्रक्षेपण गरेपछि शुक्रबार असफल भएको…
तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग प्रमुख साहको आग्रह
काठमाडौं, १२ पुस : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको…
नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँः उपपप्रमुख डंगोल
काठमाडौं, १२ पुस : काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपाली उत्पादनलाई बजारीकरण गर्न…






