समाचार

देशका अधिकांश भागमा मौसम सफा रहने

 असोज ०२, २०८१

काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी,…

अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित

 असोज ०१, २०८१

सुदूरपश्चिम, १ असोज : सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री…

देशमा देखिएका समस्या समाधान गर्न दुई प्रतिष्पर्धी पार्टी एकठाउँमा आयौँ : पर्यटनमन्त्री

 असोज ०१, २०८१

काठमाडौँ, १ असोजः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देश विकासका लागि देखिएका समस्या समाधान गर्न दुई प्रतिष्पर्धी पार्टी एकठाउँमा उभिनुपरेको बताउनुभएको छ । आज यहाँ आयोजित नेपाल पर्वतारोहण…

रास्वपाको राष्ट्रिय भेलाः आज साङ्गठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’

 असोज ०१, २०८१

काठमाडौँ, १ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ । बुधवारसम्म भल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गर्नुभयो…

राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि वर्तमान गठबन्धनः उपप्रधानमन्त्री सिंह

 असोज ०१, २०८१

कैलाली, १ असोजः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसद्का दुई ठूला दलको गठबन्धन बनेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, कैलाली शाखाले आज…

मनाइयो वास्तु दिवस, गरियो विश्वकर्मा पूजा

 असोज ०१, २०८१

काठमाडौँ, १ असोजः आश्विन सङ्क्रान्ति अर्थात् कन्या राशिमा सूर्य प्रवेश गरेका दिन आज कालीगढहरूले विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को मूर्ति वा तस्बिर राखी…

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

 असोज ०१, २०८१

काठमाडौँ, १ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गर्नुभएको छ । उहाँ नयाँ सडककस्थित जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर जानुभएको थियो । गत वर्षदेखि…

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा १ जना पक्राउ

 असोज ०१, २०८१

वीरगञ्ज (पर्सा), १ असोज स् प्रहरीले सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मण वा भन्ने २१ वर्षे ओमकुमार पटेललाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको…

साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी

 असोज ०१, २०८१

पाटन (ललितपुर), १ असोजः “कालजयी कृति, पाठकका निम्ति” भन्ने नाराका साथ साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु भएको छ । साझा प्रकाशनका पूर्वमहाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले आज…

प्रदेशसभा सदस्यलाई आचारसंहिता

 असोज ०१, २०८१

लुम्बिनी, १ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यलाई आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज…