समाचार

बैतडीका निङ्गलाशैनी र उदयदेव जात्राको रौनक

 असोज २५, २०८१

बैतडी, २५ असोज : यहाँको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक छाएको छ । दशरथचन्द नगरपालिका–२ मा रहेका यी मन्दिरमा बडादसैँको अवसरमा हरेक वर्ष जात्रा हुने गरेको छ ।…

इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते

 असोज २५, २०८१

लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरेको छ । यसमा कम्तिमा २२ जनाको मृत्यु र अन्य ११७ जना घाइते भएका छन् । बिहीबार…

पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

 असोज २५, २०८१

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले शुक्रबार जनाएको छ । बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत…

नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक

 असोज २५, २०८१

म्याग्दी, २५ असोज : बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका…

प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

 असोज २५, २०८१

काठमाडौँ, २५ असोज : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नुभएको छ । नेपाल प्रहरीले हरेक वर्ष मौलो पूजा गर्दै आएको छ । त्यस…

पूर्वराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

 असोज २५, २०८१

काठमाडौँ, २५ असोज : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने…

राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा

 असोज २५, २०८१

काठमाडौँ, २५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ जना कन्याको विधिपूर्वक पूजा गर्नुभएको छ । राष्ट्रपति भवनमा उहाँहरूले कन्याहरूको पूजा गर्नुभएको…

बिपी राजमार्ग पहिरोले पुनःअवरुद्ध

 असोज २५, २०८१

धुलिखेल, २५ असोज : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ । सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ । रोशी खोलाको बाढीले उक्त…

दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई

 असोज २५, २०८१

गलेश्वर (म्याग्दी), २५ असोजः विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको छ…

सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध

 असोज २५, २०८१

कटारी (उदयपुर), २५ असोज : सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा…