शान्ति र स्थिरताका लागि संयुक्त राष्ट्रको दृढ प्रतिबद्धता
काठमाडौँ, ६ असोज : संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेसले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विश्व समुदायलाई ‘सहकार्य र समझदारीको पुल बनाउन र स्थिरता तथा समृद्धि स्थापना गर्न’ अपिल गर्नुभएको छ ।…
रोबोटिक गाडीमा फर्किँदै युक्रेनी सेना
काठमाडौँ, ६ असोज : घातक रूसी ड्रोनले भरिएको युद्धभूमिमा, युक्रेनी सैनिकहरू बढ्दो रूपमा फुर्तिलो, रिमोट–नियन्त्रित बख्तरबन्द सवारी साधनहरूमा फर्किरहेका छन् । यी सवारी साधनले सम्भावित जीवनलाई जोखिममा पार्ने मिसनहरूबाट धेरै…
घुस लिएको एक लाखसहित पक्राउ
दैलेख, ६ असोज : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई सेवाग्राहीसँग घुस लिएको नगदसहित कर्णाली प्रदेश राजधानी सुर्खेतमा पक्राउ गरेको छ । गाउँपालिकाको सातौँ…
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने
भद्रपुर (झापा), ६ असोज : झापा जिल्ला अदालतमा यसवर्षको दसैँ बिदामा समेत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ हुने भएको छ । अदालतका स्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईका अनुसार विजयादशमी, कोजाग्रत पूर्णिमा र…
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
काठमाडौँ, ६ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण…
तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते
बागमती, ६ असोज : पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिकै आज दिउँसो तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना यात्रु घाइते भएका छन् । चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना६ख २११९…
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कर्णाली, ६ असोज : ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । पहिचान नखुलेका चालकको आज करिब १ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय…
सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन
सिरहा, ६ असोज : चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि सिरहाका आधा दर्जन (छ वटा) पालिकाले अझै बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन् । आवश्यक…
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ
काठमाडौँ, ६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा…
जापानमा एलडिपी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु
निवर्तमान प्रधानमन्त्री सिगेरु इसिबाको उत्तराधिकारी छान्न सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार आधिकारिक अभियान सुरु गरेको छ । यो प्रतिस्पर्धा राजनीतिक स्थिरता कायम गर्ने र सङ्कटग्रस्त पार्टीलाई पुनः जनसमर्थन…






