प्रवास

विदेशमा रहेका नेपाली श्रमिक फर्काउने गृहकार्य अन्तिम चरणमा

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : सरकारले कोभिड–१९ को अप्ठ्यारो परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने तयारी गरेको छ । सरकारले ‘नेपाल आउने नागरिकलाई ल्याउनेसम्बन्धी आदेश–२०७७’ अनुसार कार्यदेश…

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो…

नेपाल–युके फाउण्डेशनद्वारा राहत वितरण

 जेठ १८, २०७७

पोखरा, जेठ १८ : चलचित्र पत्रकार सङ्घ नेपाल, कास्की शाखाले पोखरा आसपासका १०० परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–युके फाउण्डेशन’को आर्थिक सहयोगमा करिब रु तीन लाखको अत्यावश्यक खाद्यान्न…

अस्ट्रेलियाका नेपाली फर्काउन दूतावासको ७ सर्त

 जेठ १७, २०७७

अस्ट्रेलिया, जेठ १७ : अस्ट्रेलियास्थित नेपाली दूतावासले इच्छुक नागरिकलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरेको छ । सूचना जारी गरेर फर्कन चाहनेले फाराम भरेर जुन २ तारिखसम्म पठाउन आग्रह गरिएको छ…

हृदयाघातका कारण कोरियामा एक नेपाली महिलाको मृत्यु

 जेठ १७, २०७७

सउल, जेठ १७ : कास्की, पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आउनुभएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ । भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु…

विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ । श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका…

शुल्क तिर्न नसक्दा शव अस्पतालमा

 जेठ १६, २०७७

सउल, जेठ १६ : धादिङ, झार्लाङ निवासी मैती तामाङको गत सोमबार (जेठ १) गते ० यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा…

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु

 जेठ १५, २०७७

काठमाडौं, जेठ १५ : कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उहाँको आफन्त…

लकडाउन उल्लंघन गरेको आरोपमा २८ नेपाली भारतीय जेलमा

 जेठ १४, २०७७

इटहरी, जेठ १४ : भारत उत्तर प्रदेशको बागपत जिल्लामा २८ जना नेपाली नागरिक जेलमा रहेको पाइएको छ । सुनसरीको कोसी गाउँपालिकाका १७, भोक्राहा नगरसिंह गाउँपालिकाका १ जना र १० जना…

मनोवैज्ञानिक त्रासमा छन् अमेरिकामा नेपाली

 जेठ १३, २०७७

वासिंटन डिसी, जेठ १३ : कोरोना भाइरसको महामारीले आक्रान्त अमेरिकामा बस्दै आएका नेपाली भाषीहरूमा मनोवैज्ञानिक असर देखिन थालेको छ । कोभिड–१९ को प्रकोपले यहाँ मानिसको मृत्यु बढेसँगै जनजीवन सामान्य हुन…