समाचार

जाजरकोट जीप दुघर्टना अपडेट : मृतक सङ्ख्या ६, चालक फरार, स्थानीयले शव बुझेनन्

 असोज २२, २०७७

जाजरकोट , असोज २२ : जाजरकोटको जुनीचाँदेमा हिजो भएको जीप दुर्घटनामा वडाध्यक्षसहित छ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता र एक जना गम्भीर घाइते हुनुभएको छ ।…

अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिँदै

 असोज २२, २०७७

काठमाडौँ, असोज २२ : डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा डिभिजनले योजना बनाउँदा पैदलयात्रु मार्ग निर्माणमा…

आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द

 असोज २२, २०७७

कञ्चनपुर, असोज २२ : आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् । सार्वजनिक सूचना जारी…

मुख्यमन्त्रीका स्वकीय सचिवलाई सङ्क्रमण

 असोज २२, २०७७

वाग्मती, असोज २२ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि…

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया शुरु

 असोज २१, २०७७

काठमाडौं, असोज २१ : सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । सरकारले यही असोज…

प्रा डा केसीसँग वार्ताका लागि सरकारबाट समिति गठन

 असोज २१, २०७७

काठमाडौं, असोज २१ : सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । शिक्षामन्त्रीस्तरीय…

काठमाडौं उपत्यकामा एक हजार ६८४ मा सङ्क्रमण पुष्टि

 असोज २१, २०७७

काठमाडौं, असोज २१ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ६८४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ६८४…

एकैदिन ३४ सय ३९ मा कोरोना संक्रमण, सक्रिय संक्रमित २५ हजार नाघ्यो

 असोज २१, २०७७

काठमाडौं, असोज २१ : देशभरमा आज तीन हजार ४३९ सङ्क्रमित थपिएसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा…

सबै प्रकारका परीक्षा सञ्चालन गर्न सरकारको सैद्धान्तिक स्वीकृति

 असोज २१, २०७७

काठमाडौँ, असोज २१ : सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यही असोज…

राप्रपालाई एकीकरणको वैधानिकता प्राप्त

 असोज २१, २०७७

काठमाडौं, असोज २१ : निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकीकरणलाई वैधानिकता दिएको छ । आयोगको बैठकबाट ती दुई पार्टीबीच एकीकरण गरी राप्रपाका नाममा…