समाचार

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

 जेठ २०, २०८२

काठमाडौँ, १९ जेठ : सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि मे महिनासम्म कूल पाँच लाख…

विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखिने

 जेठ २०, २०८२

काठमाडौँ, १९ जेठः विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईँले घट्दो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । दोस्रो कार्यकालको…

अष्ट्रेलियामा विनाशकारी प्राकृतिक प्रकोप : खर्च घट्दै, व्यापार सुस्ताउँदै

 जेठ २०, २०८२

क्यानबेरा,१९ जेठ : अष्ट्रेलियामा सन् २०२५ को सुरुवाती पाँच महिनामा आएको प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक नोक्सानी भएको छ । सरकारी विवरणअनुसार, बाढी, डढेलो, आँधी र चक्रवातले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब…

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

 जेठ २०, २०८२

नवलपुर (नवलपरासी), १९ जेठ : निजी प्रयोजनका लागि दर्ता गरिएका रातो नम्बर प्लेटको सवारीसाधनलाई गण्डकी प्रदेश सरकारले भाडाका सवारीसाधन सरह प्रयोग गर्न दिन लागेको भन्दै यातायात व्यवसायीले गरेको आन्दोलनका कारण…

डढेलोका कारण क्यानाडामा २६ हजारभन्दा बढी विस्थापित

 जेठ २०, २०८२

ओटावा (क्यानडा), १९ जेठ : क्यानाडाको जङ्गलमा लागेको डढेलोका कारण यहाँका तीन प्रान्तका २६ हजारभन्दा बढी बासिन्दाहरू विस्थापित भएका छन् । आगो भने अझै नियन्त्रणमा आउन सकेको छैन ।   शनिबारसम्म म्यानिटोबामा…

विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

 जेठ २०, २०८२

मुम्बई, १९ जेठ : दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा उडान भरेर आएपछि रोकिएको भारतीय भन्सार अधिकारीहरूले बताएका छन् । चवालिस वटा इन्डोनेसियाली पिट भाइपरहरू…

अत्तरिया–भ्यागुतेपानी सडक स्तरोन्नति गरिँदै

 जेठ २०, २०८२

गोदावरी (कैलाली), २० जेठ : यहाँस्थित अत्तरिया–भ्यागुतेपानीसम्म १४.५ किलोमिटर सडकखण्ड स्तरोन्नति सुरु गरिएको छ । सो सडकखण्डमा पुनःसडक सुधार ‘रिसेलिङ’ प्रक्रियामार्फत सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ…

उपत्यकामा प्रहरीको निःशुल्क बस सञ्चालन

 जेठ २०, २०८२

काठमाडौँ, १९ जेठ : व्यवसायीले सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न दुईवटा रूटमा निःशुल्क…

बजेट अभावले रोकिए बहुवर्षीय सडक योजना

 जेठ २०, २०८२

म्याग्दी, १९ जेठ : म्याग्दीमा गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित सात वटा बहुवर्षीय सडक आयोजना निर्माण ठप्प भएको छ । बजेट अभावका कारण गत चैत महिनादेखि सडक निर्माण ठप्प भएको हो…

‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ

 जेठ २०, २०८२

सियोल, १९ जेठ : उत्तर कोरियाले सोमबार रूससँगको आफ्नो सैन्य सहयोगको पक्षमा बोल्दै यो सम्बन्ध युरोप र एसियामा ‘शान्ति र स्थिरता सुनिश्चित गर्ने’ उद्देश्यले गरिएको बताएको छ । दुई देशले…