कर्णालीमा बढ्दैछन् लागूऔषध दुव्र्यसनी

  माघ २०, २०७९

कर्णालीमा लागूऔषध दुव्र्यसनी बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लागूऔषधको अवैध ओसापसार र बिक्री वितरण रोक्ने विशेष पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ । सबैको समन्वयमा नै अहिले बढिरहेको लागूऔषध दुव्र्यसन नियन्त्रण गर्न सकिने उहाँहरुको भनाइ छ ।

नागरिक समाजका अगुवा पिताम्बर ढकाल विभिन्न नाकामा कडाइ गर्नाका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रदेश भित्रिने नाकामा कडाइ गर्नुपर्छ, कडाइ मात्र गरेर भएन, सचेतनाका कार्यक्रम आम नागरिकसम्म पु¥याउन सके मात्रै लागूऔषध न्यूनीकरण गर्न सकिन्छ ।”

पछिल्लो समय कर्णालीमा लागूऔषध दुव्र्यसनी बढिरहेको बताउँदै यसको न्यूनीकरणमा अहिलेदेखि नै नलागे भयावह स्थिति आउन सक्ने ढकालले बताउनुभयो । सरोकारवाला नारायण सुवेदीले पनि लागूऔषध दुव्र्यसन प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको भन्दै दुव्र्यसनी बढ्नुका कारणको खोजी हुनुपर्ने सुझाव दिनुभयो ।

गैरसरकारी संस्था र सरकारले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी नभएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लागूऔषध न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेका कार्यक्रमलाई प्रभावकारी बनाउन म सुझाव दिन्छु ।”

प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिकको हालसम्म लागूऔषधको ओसारपसार, प्रयोग र बिक्री वितरणका ५५ मुद्दा प्रहरीमा दर्ता भएका छन् । उक्त घटनामा एक सय दुई जनालाई प्रतिवादी बनाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्यसमा ९८ पुरुष र सात महिला संलग्न रहेका छन् ।

तपाईको प्रतिक्रिया