इरानमा विदेशी नेतृत्वको ‘सबोटेज नेटवर्क’ का १२ सदस्य पक्राउ

  मंसिर २०, २०७९

तेहरान, मङ्सिर २० : इरानको मध्य इरानी प्रान्त मर्काजीमा विदेशबाट नेतृत्व गरेको “सबोटेज नेटवर्क” का १२ सदस्यलाई पक्राउ गरिएको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले मङ्गलबार जनाएको छ।

गुप्तचरले उनीहरूसँग अवैध हतियार भएको र प्रान्तमा “तोडफोड गर्ने कार्य” गर्ने योजना बनाएको सूचना पाएपछि उनीहरूलाई पक्राउ गरिएको अर्ध-सरकारी तस्निम समाचार एजेन्सीले आईआरजीसीको जनसम्पर्क कार्यालयको विज्ञप्ति उद्धृत गर्दै उल्लेख गरेको छ।

गुप्तचर संस्थाले जर्मनी र नेदरल्याण्डमा आधारित “प्रतिक्रान्तिकारी तत्त्वहरू” को नेतृत्वमा रहेका यी मानिसहरूलाई तोडफोड र हुलहुज्जतमा संलग्न हुनु अगाडि नै पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरूले राष्ट्रिय सुरक्षा विरुद्धको गतिविधि पनि गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया