लखनउमा ट्र्याक्टर ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

  असोज १०, २०७९

लखनउ, असोज १० : लखनउको इटौन्जादेखि कुम्हरावानतर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ । उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए । ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।

घाइतेहरुलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ । लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार “ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो। एसडीआरएफको टोली घटनास्थलमा पुगेर ३७ जनाको उद्धार गरिसकेको छ ।

तपाईको प्रतिक्रिया