डोकोबाटै भोट दिएर अस्ताए खड्का

  बैशाख ३०, २०७९

जाजरकोट, वैशाख ३० : जुनिचाँदे गाउँपालिका–४ का ७४ वर्षीय सार्के खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु भएको छ । डोकोमा आएर मतदान गरेका खड्काले छोरोलाई भोट दिने इच्छा पूरा गरेर अस्ताएका छन् ।

उनका छोरा भीमबहादुर खड्का जुनिचाँदे–४ बाट वडाध्यक्षका उम्मेदवार थिए । उनको अन्तिम इच्छा छोरा र अन्य उम्मेदवारलाई भोट हाल्ने रहेको नाति रेशम खड्काले बताए ।

तपाईको प्रतिक्रिया