जगजित राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा

  पुष २५, २०७८

काठमाडौँ, पुस २५ : जगजित श्रेष्ठले लामो समयपछि राष्ट्रिय टोलीमा पूनरगमन गर्ने छनक देखाउनुभएको छ । केही समयदेखि अष्ट्रेलियामा खेल्दै आउनुभएका श्रेष्ठ जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबबाट खेलिरहनु भएको छ ।

मिडफिल्डमा आर्मीबाट सानदार प्रदर्शन गरिरहनु भएका श्रेष्ठलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ । टोलीका प्रशिक्षक अब्दुलाह अल्मुताईरीले श्रेष्ठ र च्यासल युथ क्लबका आशिष राईलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको हो ।

प्रशिक्षक अल्मुताइरीले यसअघि नै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाउनुभएको थियो । यसअघि बोलाईएकोमध्ये आर्मीकै सन्तोष तामाङ टोलीबाट बाहिरिनु भएको छ । चोटको कारण उहाँ बाहिरिएको एन्फाले जनाएको छ । नेपालले अफ्रिकी देश मरिसससँग जनवरी २९ र फेब्रुअरी १ तारिख दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

तपाईको प्रतिक्रिया