२४ घण्टामा उपत्यकामा थपिए ६१५ संक्रमित

  पुष २५, २०७८

काठमाडौं, पुस २५ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रका अनुसार २४ घण्टामा भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार ४९१ जनामा संक्रमण पुष्टि भएसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म २ लाख ५७ हजार ७८७ जनामा कोरोना पृष्टि भएको छ । जसमा २ लाख ५३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या २२ सय २४१ पुगेको छ । सक्रिय संक्रमित २ हजार ९० रहेका छन् ।

भक्तपुरमा अहिलेसम्म ३० हजार ५६० जनामा कोरोना पृष्टि भएको छ । जसमा २९ हजार ५३४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या ४३८ पुगेको छ । भने सक्रिय संक्रमित ५८८ जना रहेका छन् ।

ललितपुरमा अहिलेसम्म ५१ हजार ७४८ जनामा कोरोना पृष्टि भएको छ। जसमध्ये ५० हजार २३६ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ७०९ छ भने ८०३ सक्रिय संक्रमित रहेका छन् । मिश्रले संक्रमण दर बढ्दै गइसकेको भन्दै आवश्यकता स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया