‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक

  पुष २३, २०७८

काठमाडौं, पुस २३ : ‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार बिष्णुबाबु देवकोटाको लेखन, टिका दाहालले संगीत रहेको यस गीतमा गायक बिक्की परियारको स्वर सुन्न सकिन्छ ।

गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ । भिडियोमा विकाश लामिछाने र बिना राउत देख्न सकिन्छ । बुद्ध थापाले छायाँकन गर्नुभएको भिडियोलाई दिन्सन शाहले सम्पादन गर्नुभएको हो । केशव राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । .

तपाईको प्रतिक्रिया