फिल्म ‘रेड’ को सिरिज बन्ने

  पुष १२, २०७८

काठमाडौं, पुष १४ : अजय देवगन अभिनित फिल्म ‘रेड’ को सिक्वेलको घोषणा गरिएको छ । यसको औपचारिक घोषणा चलचित्र निर्माता कुमार मंगत पाठकले गर्नुभएको हो ।

यो फिल्म परफ्युम व्यवसायी पियुष जैनको वास्तविक जीवनको घटनामा आधारित हुनेछ । काशी फिल्म फेस्टिभलमा सहभागी भएका कुमारले भन्नुभयो, ‘म रेड २ बनाउँदै छु । फिल्म पियुषको घर र कारखानामा भएको छापामारमा आधारित हुनेछ ।’

रेड २०१८ मा रिलिज भएको थियो, जसमा अजय देवगनसँग इलियाना डी-क्रूज र सौरभ शुक्लासँगै देखिएका थिए ।

तपाईको प्रतिक्रिया