एप्रिला नयाँ मिस मंगोल

  पुष ०४, २०७८

काठमाडौं, पुस ४ : मिस मंगोल नेपाल २०२१ को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जित्नुभएको छ । उहाँले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार र बैंकक टुर प्याकेज पनि प्राप्त गर्नुभएको छ ।

त्यसैगरी ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बू मादेन फस्ट रनरअप र ललितपुरकी २१ वर्षीया विभिषिका श्रेष्ठ सेकेन्ड रनरअप हुनुभएको छ । प्रिया र विभिषिकाले पनि चार दिनको बैंकक टुर प्याकेज प्राप्त गर्नुभएको छ ।

रिडी ग्रुपको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा काठमाडौंकी प्रदिका महर्जन मिस मंगोल बागमती, रौतहटकी चन्द्रकुमारी सारुमगर मिस मंगोल प्रदेश २, पाँचथरकी शान्ता योङहाङ मिस मंगोल प्रदेश १ बन्नुभयो । त्यसैगरी खोटाङकी सान्तवना राई मिस ट्यालेन्ट, ललितपुरकी समिता बज्राचार्य कल्चरल एम्बासडर र सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पा मिस फोटोजेनिक एवं मिस लिडरसिप बन्नुभएको छ ।

कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, रिडी ग्रुपका निर्देशक डीबी आले, स्काई ग्रुप अफ कम्पनीका अध्यक्ष राजन श्रेष्ठ, प्राज्ञ संगीतकार शान्तिराम राई, पूर्वएसएसपी दीपक रञ्जित, मनोविज्ञ अजेलिया रञ्जितकार, मिस मंगोल नेपाल २०१४ डा. एनिस्ता गुरुङ, मिस मंगोल नेपाल २०१८ जाङमु शेर्पा, म्युजिक भिडियो निर्देशक विज्ञान राई निर्णायक मण्डलमा हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया