अस्कर कलेजको दुईदिने फिल्म फेस्टिभल

  मंसिर ०७, २०७८

काठमाडौं, मङ्सिर ७ : अस्कर इन्टरनेशनल कलेजले दुई दिने फिल्म फेस्टिभल गर्ने भएको छ । चलचित्र विकास बोर्डसँग मिलेर कलेजले फिल्म फेस्टिभल गर्न लागेको हो ।

मङ्सिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा फिल्म फेस्टिभल हुनेछ । कलेजका प्रिन्सिपल रामराजा दाहालले केही वर्षअघिदेखि नै गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले कलेजले फेस्टिभल गर्न लागेको बताउनुभएको छ ।

फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएका फिल्मसँगै विश्वका प्रतिष्ठित फेस्टिभलमा छानिएका फिल्म पनि देखाइनेछ। कलेजको संलग्नतामा निर्माण भएका र फेस्टिभलमा स्क्रिनिङ हुने फिल्म पनि विश्वका धेरै फेस्टिभलमा छानिएका छन् ।

तपाईको प्रतिक्रिया