खनालको नयाँ गीत ‘लुकाऊँ कि यो मन’ सार्वजनिक

  असोज २७, २०७८

काठमाडौं, असोज २७ : गीतकार आनन्द राज खनालले हालैमात्र आफ्नै युट्युब च्यानल आफ्नो नयाँ गीत ‘लुकाऊँ कि यो मन’ सार्वजनिक गर्नुभएको छ । गीतमा दीपक शर्मा को संगीत, पुरुषोत्तम सुवेदीको संगीत संयोजन तथा सुरेश लामाको स्वर रहेको छ ।

गीतकारले गीतमार्फत मानिसको जीवनमा सत्य वा झूट बोल्न पर्ने अवस्था आइ रहने कुरालाई उजागर गर्नुभएको छ । सत्य प्रिय नहुने, अप्रिय पनि भन्न नसकिने अवस्थालाई गीतकारले धर्मसंकट भन्नुभएको छ । सत्य बोल्दा अनर्थ हुन सक्ने,झूट बोल्दा कसैको मन रुने अवस्थाले द्विविधामा परेको व्यक्तिको मनोदशा यस गीतमा व्यक्त गरिएको छ। यस्तो अवस्था सम्हाल्न कठिन हुने र भुमरीमा परे जस्तै उत्रन नसकिने तर्फ गीतले संकेत गरेको छ ।

२०७६ वैशाखमा “तिम्रो साथ” नामक गीती संग्रह सार्वजनिक गरेर गीतकारका रूपमा उदाउनुभएका खनाल नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया