चीनको सान्सी प्रान्तमा आँधीबाट १५ जनाको मृत्यु, ३ बेपत्ता

  असोज २७, २०७८

मस्को, असोज २६ : लगातार वर्षा र आँधीका कारण उत्तर चीनको सान्सी प्रान्तमा १५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् ।

प्रान्तीय सरकारद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अक्टोबर २ देखि ७ सम्म प्रान्तले सबैभन्दा शक्तिशाली शरदीय बाढीको अनुभव गरेको छ। उक्त वर्षा र आँधीका कारण त्यस प्रान्तमा १० लाख ७६ हजार मानिस प्रभावित भएका छन् भने १, २०,१०० जनालाई स्थानान्तरण गरिएको छ ।

यसैगरी ३, ३७, ७०० घर भत्किएका भने २, ३८, ४६० हेक्टर जमिनमा लगाइएको बालीनाली क्षतिग्रस्त भएको छ । जसको कारण ७८० मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको सिन्ह्वाले जनाएको छ ।

तपाईको प्रतिक्रिया