कुस्तीमा ११ जोडी पहलवानले दाउ मार्न सफल

  असोज १७, २०७८

बारा, असोज १७ : दुई दिने खुल्ला कुस्ती (दंगल) प्रतियोगितामा आईतबार भएको १६ जोडीको खेलमा ११ जोडी पहलवानले दाउ मार्न सफल भएका छन् ।

बाराको कलैया उपमहानगरपालिका २६ सिसवामहेशपुर टोलमा लागेको दुई दिने चालिसाहा दाहा (मुहरम) मेलामा मनोरञ्जनका लागि आजदेखि सुरु भएको दुई दिने खुल्ला कुस्ती प्रतियोगिताको खेलमा १६ जोडी मध्ये ११ जोडी पहलवानले दाउ मार्ने सफल भएको मेला समितिले जनाएको छ ।

यसरी दाउ मार्नेहरुमा झाँसीका बिरा पहलवानलाई नवलपरासीका बसन्त थापाले दाउ हानेर बिजयी भएका छन् । गोरखपुर, महाराजगंजका अवधेश पहलवानलाई, नवलपरासीका बलिराम थापाले दाउ हानेर बिजयी भएका छन् । यस्तै गोरखपुरका हरमेश पहलवानलाई अयोध्याका अशोक पहलवानले दाउ हानेर बिजयी भएका छन् ।

यस्तै हरिद्वारका सोहन पहलवानलाई पटना हाजीपुरका सुजित पहलवानले दाउ हानेर बिजयी भएका छन् । यस्तै झाँसीका उमेश पहलवानलाई बनारसका गुडु पहलवानले दाउ हानेर बिजयी भएका छन् । यस्तै उपेन्द्र थापा, भारत यूपीका सोनु र जयप्रकाश यादव, पर्सा गर्दौलको छोटा सुनिल, भारत हरियानाको अंकित पहलवान, दिल्ली मेरठको दीपक पहलवान बिजय भएका छन् ।

यसैगरी पर्सा मिर्जापुरको लक्षमण यादव र प्रेम यदव, रौतहटको राजेश यादव, वीरगंजको जादोलाल यादव, हरिओम यादवको खेल बराबरीमा पुगेको थियो । यसैगरी आदापुर अमवा कोरैईया, दिल्ली, हरियाणा, गाजीपुर र हिमाञ्चल प्रदेशबाट पहलवानी गर्न ४० जोडी कुस्ती खेलाडीलाई निमन्त्रण गरिएको मेला समितिका सचिव शशिकान्त यादवले बताउनुभयो ।

यसअधि भएको दाहा मेलाको ४० औं दिनमा मनाउने मोहरमलाई चालिसाहा दाहा भनिने गरिन्छ । मेलामा पहलवानसहितको अतिथि सत्कार गर्न करिब १२ लाख रकम चान्दा, सहयोगबाट आएको बजेट बिनियोगित गरिएको उहाँले जानकारी दिनुभयो । बारा र्निवाचन क्षेत्र नम्बर ३ का साँसद रामबाबु कुमार यादवको प्रमुख आतिथ्य तथा मेला अध्यक्ष बक्सिश मियाँको सभापतित्वमा भएको कुस्तीमा कलैया उमनपाको नगर प्रमुख राजेशराय यादव, उपप्रमुख रहिमा खातुन, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवाल, सुरक्षा प्रमुख लगायतका हजारौ स्थानीय तथा खेल प्रेमीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया