उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण ग-यो

  भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले जापानस्थित लक्ष्यलाई प्रहार गर्ने दूरीको क्षेप्यास्त्र परीक्षण गरेको हो ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार क्षेप्यास्त्रले एक हजार पाँच सय किलोमिटर दूरी तय गर्न सक्नेछ । आर्थिक र चरम खाद्य संकटका बीच समेत उत्तर कोरियाले क्षेप्यास्त्र विकास गर्ने क्रमलाई निरन्तरता दिएको छ ।

अमेरिकी सेनाले उत्तर कोरियाको पछिल्लो कदमबारे भनेको छ, “पछिल्लो परीक्षणले अन्तर्राष्ट्रिय समुदाय र खासगरी जापानका लागि जोखिम रहेको छ, महत्वपूर्ण ध्यानाकर्षण भएको छ ।” केसीएनएले शनिबार र आइतबार उक्त परीक्षण गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया