डेटामा आक्रामक बन्दै टेलिकम

  भदौ २३, २०७८

काठमाडौँ, भदौ २३ : निकै मितव्ययी भएर मोबाइल इन्टरनेट चलाउनुपर्ने परिस्थिति परिवर्तन गर्ने गरी नेपाल टेलिकमले तयारी थालेको छ । छोटो समय अवधिका लिमिटेड डेटा प्याक बिक्री गर्ने चल्तीको बजारलाई पछि पार्दै टेलिकमले नयाँ अनलिमिटेड डेटा प्याकहरू ल्याउने योजना बनाएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार महिनाभर नै प्रयोग गर्न मिल्ने गरी अनलिमिटेड डेटा प्याक ल्याउने कम्पनीको योजना छ । निर्धक्कले इन्टरनेट चलाउन फ्री वाइफाई खोज्नुपर्ने परिस्थिति अब हुने छैन, कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भन्नुभयो, “अब छिटरटै सस्तो र महिनाभर नै अनलिमिटेड प्रयोग गर्न सकिने डेटा प्याक ल्याउँदै छौँ । ”

उहाँका अनुसार करिब चार सय रुपियाँमै त्यस्तो डेटा प्याक उपलब्ध गराउने गरी व्यावसायिक योजना बनिरहेको छ । छोटो समय अवधिका लिमिटेड डेटा प्याक बिक्री गर्ने चल्तीको बजारलाई पछि पार्दै टेलिकमले नयाँ अनलिमिटेड डेटा प्याक ल्याउने योजनामा आक्रमक भएर लागिपरेको हो ।

खासगरी भ्वाइस कल र अन्तर्राष्ट्रिय कलबाट प्राप्त हुने आम्दानीमा भारी गिरावट हुन थालेपछि टेलिकम पछिल्लो समय सस्तो र लामो अवधिको डेटा प्याकमा केन्द्रित भइरहेको छ । अर्कोतिर डेटा प्रयोग बढे पनि त्यसलाई आम्दानीमा रूपान्तरण गर्न मुस्किल भइरहेको परिस्थितिमा अनलिमिटेड डेटा प्याकलाई टेलिकमले नयाँ आम्दानीको आधारका रूपमा हेरिरहेको अधिकारीको भनाइ छ ।

टेलिकमको तथ्याङरकअनुसार अहिले डेटा प्रयोग गर्नेमध्ये ९० प्रतिशतले प्याक लिएरै चलाउँछनर । बाँकी १० प्रतिशतले मात्र ‘पे एज यु यो’ अर्थातर प्याक नलिई सामान्य रूपमै इन्टरनेट प्रयोग गर्छनर । डेटा प्याकको बढरदो प्रयोगलाई कम्पनीको आम्दानी बढाउने माध्यमका रूपमा टेलिकमले नयाँ डेटा प्याक घोषणा गर्नलागेको हो ।

यसबाहेक कम्पनीले सर्वसुभल मूल्यमा ग्राहकलाई उपयोगी हुने डेटा प्याकको पनि अध्ययन गरिरहेको अधिकारीले जानकारी दिनुभयो । कोभिड–१९ सङरक्रमणका कारण भर्चुअल गतिविधि बढिरहेको अवस्थामा त्यस्ता क्रियाकलापलाई समेटरने गरी प्याक तयार गर्ने कम्पनीको योजना छ ।

यसअघि नै टेलिकमले विद्यार्थीलाई अध्ययनका लागि सस्तोमा डेटा प्याक उपलब्ध गराउँदै आएको छ । फोरजी प्रयोगकर्ता बढिरहेको अवस्थामा नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै ठूला किसिमका डेटा प्याकमा पनि कम्पनीको ध्यान गएको अधिकारीले बताउनुभयो ।

५५ जिल्लामा एफटीटीएच
मोबाइल डेटासहित पछिल्लो समय टेलिकमले केबल तारमा आधारित फाइबर टु दी होम (एफटीटीएच) विस्तारमा समेत लगानी बढाइरहेको छ । ११ लाख ७४ हजार घरधुरीलाई उक्त सेवा उपलब्ध गराउने योजना बनाइरहेको कम्पनीले हालसम्म ५५ जिल्लाका पाँच लाख ६४ हजार ग्राहकका लागि नेटवर्क जडानको काम पूरा गरिसकेको छ । नेटवर्क तयार भएमध्ये हालसम्म एक लाख ८० हजार ग्राहकले कम्पनीको यो सेवा लिइरहेका छन ।

तपाईको प्रतिक्रिया