कर्णालीमा डुङ्गा दुर्घटना हुँदा तीन जना बेपत्ता

  साउन १७, २०७८

सुर्खेत, साउन १७ : कर्णाली नदीमा डुङ्गा दुुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । आइतबार मध्याह्न १२ बजेतिर कैलालीको मौहन्याल गाउँपालिका र सुुर्खेतको चौकुुने गाउँपालिकामा पर्ने कर्णाली नदीमा डुङ्गा दुुर्घटना हुुँदा तीन जना बेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय सुुर्खेतका अनुसार मौहन्याल गाउँपालिकाबाट चौकुुने गाउँपालिकामा खोप लगाउने आउने क्रममा डुङ्गा दुुर्घटना भएको हो । डुङ्गामा दश जना सवार रहेका थिए । कार्यालयका डिएसपी रामप्रसाद घर्तीले दश जनामध्ये सात जना शकुल रहेको जानकारी दिनुुभयो । उहाँले दुुई जना महिला र एक जना बच्चा वेपत्ता भएको बताउनुभयो ।

डुङ्गामा सवार सबै मौहन्याल गाउँपालिकाका स्थानीय हुन । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । घटनास्थलमा सुर्खेत र कैलालीतर्फका प्रहरी पुुगिसकेको उहाँको भनाइ छ । चौकुने गाउँपालिका नजिक भएकाले धेरै जसो सेवासुविधाका लागि त्यहाँका बासिन्दा चौकुुने गाउँपालिकामा आउने गर्छन् ।

तपाईको प्रतिक्रिया