जसपा प्रदेशसभा सदस्यमाथिको कारवाही रोक्न अल्पकालीन अन्तरीम आदेश

  जेठ ०४, २०७८

काठमाडौं, जेठ ३ : सर्बोच्च अदालतले जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई बर्खास्त गर्ने निर्णय हाललाई रोक्न अल्पकालीन अन्तरीम आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले प्रदेशसभा सचिवालयलको निर्णय हाललाई रोक्नुका साथै सो निर्णयबारे कारण सहित उपस्थित हुन आदेश दिएको छ । साथै जेठ १६ गतेलाई पेसी तोकिएको छ ।

जसपाका महन्थ ठाकुर पक्षीय प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझी, विजयबहादुर यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई सभामुख पूर्णवहादुर घर्तीले पदमुक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया