जंगली हात्तीको गतिविधि बढेसँगै कोशीटप्पु वन्यजन्तु आरक्ष प्रवेशमा रोक

  चैत २५, २०७७

इनरुवा, चैत २५ : प्रदेश १ को महत्वपूर्ण पर्यटकीय क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षमा केही दिनयता जंगली हात्तीको गतिविधि बढेको छ ।

आरक्षमा अस्वभाविक रुपमा जंगली हात्तीको गतिविधि बढेसँगै कोशीटप्पु आरक्षमा पर्यटक र सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।

कोशी टप्पु आरक्षमा बुधबारदेखि जंगली हात्तीको गतिविधि बढेसँगै कोशीटप्पु आरक्षमा व्यक्ति प्रवेशमा रोक लगाएको आरक्षले जनाएको छ ।

जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले सर्वसाधारणको गतिविधिमा रोक लगाएको छ ।

आरक्ष कार्यालयले सूचना जारी गर्दै बुधबारदेखि २०७८ वैशाख ७ गते सम्मको लागि पर्यटक तथा सर्वसाधारणलाई आरक्ष प्रवेशमा रोक लगाइएको जनाएको छ ।

आरक्षले चारपाङग्रे बन्द गाडीसहितका पर्यटक आएमा प्रवेश दिइने बताए पनि जोखिम रहेकाले भैपरी अवस्था बाहेक सकेसम्म तत्काल आरक्ष क्षेत्रको भ्रमणमा नआउन भनेको छ ।

आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामले आरक्षमा मकुनासहितका जंगली हात्तीको गतिविधि बढेकाले जोखिम देखिएको हुँदा सम्भावित दुर्घटनाबाट जोगाउन आरक्ष प्रवेशमा निषेध गरिने निर्णय गरिएको बताउनुभयो ।

कार्यालयका अनुसार आरक्षभित्र जंगली हात्तीको थप झुण्ड समेत देखिएको छ । सो कारण समेत आरक्षमा आगन्तुकलगायतको प्रवेशमा पूर्ण रोक लगाइएको जनाएको छ ।

आरक्षको कार्यालयले हात्तीको गतिविधि उपर निगरानी थालिएको समेत जनाएको छ । आरक्षमा हाल १० वटाभन्दा बढीको संख्यामा जंगली हात्तीको गतिविधि बढेको कोशीटप्पु वन्यजन्तु आरक्षको अनुमान छ ।

तपाईको प्रतिक्रिया