रुविनाको अर्धशतकमा प्रदेश १ विजयी

  चैत २४, २०७७

काठमाडौँ, चैत २४ : कप्तान रुविना क्षेत्रीको अर्धशतकको सहयोगमा प्रदेश १ ले सोमबार लुम्बिनी प्रदेशलाई एकपक्षीय खेलमा दस विकेटले हराएर ललितपुर मेयर महिला च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

तीन महिनाअघि दाङमा भएको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन प्रदेश १ पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १०४ रन बनाएको थियो ।

प्रदेश १ ले सहज लक्ष्य १३.२ ओभरमा बिनाविकेटको क्षतिमा हासिल ग-यो । यस जितसँगै प्रदेश १ ले आफ्नो रन औसत पनि बलियो पारेको छ । लुम्बिनीको यो लगातार दोस्रो हार भएको छ । प्रदेश १ का लागि रुविना र काजल श्रेष्ठले अविजित साझेदारी निर्वाह गर्नुभयो ।

रुविनाले ४९ बलमा ६८ रनको विस्फोटक पालि खेल्नुभयो । रुविनाको पालिमा १२ चौका र छक्का सामेल थियो । काजल २५ रन बनाएर अन्त्यसम्म आउट हुनुभएन । काजलले ३२ बलको सामना गर्दै तीन चौका प्रहार गर्नुभयो ।

यसअघि प्रारम्भिक ब्याटर वर्षा रानालाई शवनम राईले शून्यमै आउट गरेपछि लुम्बिनीले दोस्रो विकेटका लागि सरस्वती घर्तीमगर र नितु भण्डारीबाट ५९ रनको राम्रो साझेदारी प्राप्त गरेको थियो तर यो महìवपूर्ण साझेदारीमा तेज गतिमा रन बन्न सकेन । सरस्वतीले ६६ बलमा पाँच चौकासहित अविजित ५० रनको पालि खेल्नुभयो ।

नितुले १८ रन बनाउन ३३ बल खर्च गर्नुभयो । नितु रनआउट भएपछि क्रिजमा आएकी कप्तान नेरी थापाले १५ बलमा तीन चौका प्रहार गर्दै अविजित २० रन बनाएर उल्लेखनीय योगदान दिनुभयो । उहाँले रुविनाले फालेको अन्तिम ओभरमा दुई चौका प्रहार गर्नुभएको थियो । आजको खेलमा रुविना प्लेअर अफ दी म्याच घोषित हुनुभयो । 

तपाईको प्रतिक्रिया