लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२१ को उपाधि श्रीनिका र श्रीतुलाई

  चैत १९, २०७७

काठमाडौं, चैत १९ : लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२१ को शिर्ष उपाधि श्रीनिका श्रेष्ठ र श्रीतु रिजालले तथा साइमन बरुवाल र एन्जल पोखरेलले हात पार्नुभएको छ ।

भक्तपुर निस्ट स्कूल तथा इनोभेसन इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा भएको सो सौन्दर्य प्रतियोगितामा समूह ’ए’ तर्फबाट लिटिल प्रिन्सेस श्रेष्ठले शीर्ष उपाधि विजेताको हुदाँ बिलक्षना लुईटेल फस्ट रनरअप हुनुहुएको थियो ।

त्यस्तै तविसि राणा, सेरेन गौतम, अविन्ता सिवाकोटी क्रमसः दोस्रो, तेस्रो तथा चौथाको स्थान रहन सफल हुनुभयो । सौन्दर्य प्रतियोगिता कार्यक्रममा समुह ’बी’ तर्फबाट श्रीतु रिजाल शिर्ष उपाधि विजेताको हुदा हर्षन कार्की फस्टरनर अप हुनुभएको थियो ।

सान्वी भट्टराई, सुदेश्ना नेपाल, परधी फुयाँल क्रसमः दोस्रो, तेस्रो र चौथो स्थानमा रहनुभयो । यसैगरी लिटिल स्टार प्रिन्सको साईमन बरुवाल तथा एन्जल पोखरेललाई प्रदान गरिएको थियो ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई नृत्य, गायन, शारीरिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास, र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको निस्ट स्कुलका प्रिन्सिपल दिलीप राणाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया