एक हजार २०५ जनालाई ट्राफिक नियमको प्रशिक्षण

  चैत १९, २०७७

बारा, चैत १९ : बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढले एक हजार २०५ जनालाई ट्राफिक नियमको प्रशिक्षण दिएकाे छ ।

बारा जिल्लाका १० स्थानमा रहेका सिमरा, जितपुर, प्रसौनी, कलैया, जैतापुर, लंङ्गडाचोक, कोल्हवी, डुमरवाना, अमलेखञ्ज र निजगढमा रहेका ट्राफिक पोष्टहरुबाट चैत्र महिनाको १८ गतेसम्म चालक, सह–चालक २३५, सडक प्रयोगकर्ता २५०, पर्चा पम्पलेट १७० र माईकिङ्गबाट ५५० गरी एक हजार २०५ जनालाई ट्राफिक नियमको बारेमा जानकारी दिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुरेश थापाले बताउनुभयो ।

यस्तै, अस्थायी ट्राफिक प्रहरी कार्यालय कलैयाले बिभिन्न सवारीसाधनका करिब ३० जना चालक, सहचालकहरुलाई ट्राफिक नियम बारे सचेतनामूलक सुल्लाह सुझाव दिएका छन् । ट्राफिक प्रहरी कार्यालय कलैयाका प्रहरी नायब निरीक्षक नवलकिशोर साहका नेतृत्वमा रहेका ट्राफिक प्रहरीहरुले बिहिबार बाटो काट्ने, ट्राफिक सिगनलका बत्ती तथा सम्भावित घटना र दुर्घटनाका बारेमा जानकारी दिएको उहाँले बताउनुभयो ।

यसैगरी, फागुन महिनामा चाकल, सह–चालक ६१०, स्कूल, क्लेजका बिद्यार्थी २४५, सर्वसाधारण ४५५ गरी एक हजार ३१० जनालाई ट्राफिक नियम पाल्ना गर्न सुझाव दिइएको ट्राफिक प्रहरी हवलदार राकेश सिंहले जानकारी दिनुभयो । बाटो फराकिलो तथा गाउँटोलका बाटोहरु राम्रो भएपछि तीब्रगतवको कारण सवारी साधनको ठक्करबाट दिनहुँ अनाहकामा ज्यान गुमाउनेहरुको संख्यामा बढोत्तरी हुने गरेपछि त्यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले केही दिनदेखि सर्वसाधारण तथा चालक, सह–चालकहरुलाई ट्राफिक नियमबारे जानकारी दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया