सुगम पोखरेलको ‘मेरो माया करोडमा’ सार्वजनिक

  चैत १८, २०७७

काठमाडौं, चैत १८ : गायिका सोना अमात्य र सुगम पोखरेलको स्वर रहेको ‘मेरो माया करोडमा’ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । रोमान्टिक शैलीको यो प्रेम गीतको भिडियो गम्भीर विष्टले निर्देशन गरेका हुन् ।

भिडियोमा गायिकासँगै सागर लम्साल क्षेत्री ’बले’ र गोविन्द सिंह विष्टले अभिनय गरेका छन्। बुद्ध थापाको छायांकन, सुभम भुजेलले नृत्य निर्देशन रहेको यस गीतको भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया