गायक रञ्जितको ६७ औं जन्मदिनमा साङ्गीतिक कार्यक्रम

  फागुन १७, २०७७

काठमाडौं, फागुन १७ : बरिष्ठ गायककार जुजुकाजी रञ्जितको ६७ औं जन्मदिनको अवसरमा सोमबार बालाजुमा जुजुकाजी साङ्गीतिक कार्यक्रमको आयोजना गरियो । २०२२ सालदेखि सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएका बरिष्ठ गायककार रञ्जितले नेपालभाषा र अन्य भाषाको गरी करिब चारसय वटा गीत गाइसक्नु भएकोले सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले उक्त कार्यक्रमको आयोजना गरी सम्मान गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया