विभिन्न ३१ वटा पुलको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

  फागुन १६, २०७७

दमक, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले अब पुलको समस्या कँहीकतै नह्ुने र पक्की सडक हेर्न राजमार्ग आउने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । उहाँले बाँस र काठको पुलको युगको अन्त्य गर्दै पक्की पुल बनाउने अभियान चलाएको र त्यो पुरा हुँदै गएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमक र कमलमा ४ वटा पुलको उद्घाटन र ३१ वटा पुलको शिलान्यास गर्नु भएको छ । मदन भण्डारी राजमार्ग अन्र्तगत बाँहुण्डागी देखि धरानसम्म १३५ किलोमिटर क्षेत्रमा रहेको विभिन्न खोलाहरुको ३१ वटा पुलको शिलान्यास ओलीले एकसाथ गर्नुभएको हो । करिब ४ अरबको लागतमा पुल बन्ने भएको हो ।

शिलान्याससँंगै अब डिजाइन एण्ड बिल्ड मोडल प्रक्रियामा पुलहरु निर्माणको काम शुरु भएको बताइएको छ । निर्माणको कामको अनुगमन तथा सुपरभिजनका लागि दमकमा कार्यालय पनि बसिससकेको छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख श्यामकुमार यादवका अनुसार अब निर्माणको काम तिब्र रुपमा हुनेछ ।

अन्यत्र राजमार्ग भइरहेता पनि बाँहुण्डागीदेखि धरान क्षेत्रमा रेखाङ्कनको बिषयले गर्दा मदन भण्डारी राजमार्ग निर्माणको काम अघि बढ्न नसकेपनि अब समस्या सामधान भएर यो काम पनि अघि बढ्ने बताईदै आएको छ । इलामको केहि भागमा विस्तृत परियोजना विवरण(डिपिआर)को काम मात्र बाँकी रहेको छ ।

यसैगरी प्रधानमन्त्रीले आफँैले केही वर्ष अघि शिलान्यास गरेका पुलहरु उद्घाटन पनि गर्नुभएको छ । उहाँले आइतबार नै दमक १० बाट आम्बारी जाने मावा वेतानी खोलाको पुल, कमलको तोपगाछी क्याम्पाबाट धरमपुर जोड्ने कमल खोलाको पुल, दमक १० सेतुमारीबाट गौरादह ५ बालुबथान जोड्ने रतुवा खोलाको पुल, दमक १ आँखा अस्पताल छेउमा रहेको ईलाम जोड्ने रतुवा खोलाको पुल उहाँले उद्घाटन गर्नु भएको छ ।

पुल निर्माणको क्षेत्रमा क्रान्ति : नेम्बाङ
भौतिक पुर्वधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले पुल निर्माणको क्षेत्रमा वर्तमान सरकारले क्रान्ति ल्याएको बताउनु भएको छ । एकैसाथ यति धेरै पुल शिलान्यास र उद्घाटन यो पहिलो भएको उहाँको दाबी थियो । भौतिक पूर्वाधार र विकासको क्षेत्रमा पछिल्लो समयमा भएको काम विगत धेरै वर्षमा नभएको मन्त्री नेम्बाङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया