हलहरू खुलेपछि चलचित्र प्रदर्शनको हाेडबाजी

  माघ २२, २०७७

काठमाडौं, माघ २२ : कोरोना संक्रमण महामारीमा बन्द भएको सिनेमा घर सञ्चालन आए सँगै चलचित्र प्रदर्शन (सार्वजनिक) मिति घोषणा गर्ने होडबाजी नै चलेको छ ।

माघ १ गतेबाट प्रदर्शनमा आएको शिव श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ दर्शकले हेर्न नआएपछि कसरी चलचित्रलाई माथि उठाउने भन्ने चिन्ता थियो नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भन्नुभयो, अहिले मानिसको चहलपहल देख्दा राम्रो चलचित्र हर्ने सिनेमा घरमा आउँछन् ।

कोरोनाका कारण सरकारले बन्दाबन्दी गरेपछि बन्द भएको फिल्म निर्माण र प्रदर्शन करीब ९ महिनापछि बल्ल खुलेको छ अब चलचित्र क्षेत्रलाई राम्रो बनाउनु सबैले हातामालो गर्नुपर्ने आग्रह गर्नुभयो । अहिले आधा दर्जनभन्दा बढी चलचित्र छायांकनमा ब्यस्त छन् भने खुलेका सिनेमा हलहरु भने दर्शकको पखाईम छन् ।

अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षत्रीको मुख्य भूमिका रहेको चलचित्र ’कृष्ण लीला’ ले प्रदर्शन मिति तय गरेको छ । निर्माण पक्षले आगमी नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै चैत २७ मा चलचित्र रिलिज गर्ने निधो गरेको छ ।

दीपक ओलीको निर्देशनमा बनेको चलचित्रले प्रेम कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईं लगायतको अभिनय छ । लक्ष्मण सुवेदीले लेखेको चलचित्रलाई शिव ढकाल र बाबु श्रेष्ठको छायाङ्नक छ ।

चलचित्रमा समावेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत भ्यालेन्टाइन्स डेलाई लक्षित गरि ३० माघमा सार्वजनिक गर्ने निर्माण पक्षले जनाइएको छ । यस्तै फागुन २१ मा चलचित्र ‘गोर्खे’ प्रदर्शनको तयारीमा रहेको निमार्ण पक्षले जनाइएको छ । चैत २७ गते ‘मनसँग मन’ पनि प्रदर्शन हुने जनाइएको छ ।

यसपालीको नयाँ वर्षमा नेपाली फिल्मको लहर आउने भएको लप्पनछप्पन २ पनि प्रदर्शनीको मिति सार्दा सादै बैशाख १२ लाई तय गरिएको निर्माता मुकुण्ड भट्टले जानकारी दिनुभयो । उहाँले यस्तो अवस्थामा चलचित्र जुढ्नुभनेको गोरु जुढ्नु जस्तै हो त्यसैले मिति सारेको बताउनुभयो ।

यता बन्दाबन्दीको कारण छायांकन रोकिएको चलचित्र ‘२ नम्बरी’ पनि छायाडकन चैत १५ गते बाट सुरु गरेको छ । दीपक मनाङ्गेले निर्माण गर्नुभएको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरिरहनु भएकाे छ ।

चलचित्र ‘२ नम्बरी’मा नायक दयाहाङ राई, पल शाह, नायिका वर्षा राउतको साथमा भुटानकी नायिका उगेन छोदनको मुख्य भूमिका छ । कोभिडका कारण धरासायी भएको फिल्म क्षेत्रलाई उठाउन फिल्म रिलिज व्यवस्थित गर्नुपर्ने समयमा झन् भद्रगोल हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया