चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन गर्दै विश्व स्वास्थ्य संगठन

  पुष २९, २०७७

बेइजिङ, पुस २९ : विश्व स्वास्थ्य सङ्गठनले सो सङ्गठनका विशेषज्ञले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोेप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले सो कुराको जानकारी गराउनुभएको हो । उहाँले चीनका ती कम्पनीले उत्पादन गरेका खोपको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य सङ्गठनका विज्ञले काम गरिरहेका बताउनुभएको हो ।

महानिर्देशक गेबरियसले भन्नुभएको छ, मलाई यस कारणले खुशी लागेको छ कि चीनका यी दुई खोपको प्रयोग र तिनको अन्तरराष्ट्रिय प्रयोगका लागि आवश्यक गुणस्तरका विषयमा पनि विश्व स्वास्थ्य सङ्गठनको विज्ञ समूहले काम गरिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वका खोप उत्पादक कम्पनीलाई छिटो छिटो खोप उत्पादन गर्न र यससम्बन्धी तथ्याङ्क सङ्गठनलाई उपलब्ध गराउन पनि विश्व समुदायलाई आग्रह गरिरहेको छ ।

तपाईको प्रतिक्रिया