सुदूरपश्चिममा ४.२ रेक्टरको भूकम्पको धक्का

  पुष २८, २०७७

बैतडी, पुस २८ : सुदूरपश्चिममा आज भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

बिहान ९ः४८ बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाको सुनसेरा आसपास रहेको जनाइएको छ । भूकम्पले गरेको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर तीन दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया