रंगशाला बनाउन अल्काअस्पतालले दियो २५ लाख

  पुष २०, २०७७

काठमाडौं, पुस २० : चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस–सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

रंगशाला निर्माणस्थलमा पुगेर अल्का अस्पतालका अध्यक्ष कुमार थापाले २५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । रंगशाला निर्माणमा सानै भए पनि सहयोग पुग्ने हिसाबले अस्पतालले सहयोग गरेको अध्यक्ष थापाले बताए । उनले यस अभियानमा आफूहरूको सहयोगी हातका रूपमा उभिन पाउँदा खुसी लागेको बताए ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ स्थित कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने फाउन्डेसनले जनाएको छ ।

तपाईको प्रतिक्रिया