राष्ट्रिय योग दिवसको तयारी

  पुष १९, २०७७

काठमाडौं, पुस १९ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गरी यस वर्षको राष्ट्रिय योग दिवस मनाउन मूल समारोह समिति गठन गरेको छ ।

राष्ट्रिय योग दिवस मूल समारोह समितिको बैठकमा आज शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना सङ्क्रमणबाट बच्न योग शिक्षालाई महत्वपूर्ण रुपमा लिनुपर्ने बताउनुभयो । सरकारले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ ।

मुल समारोह समितिका अध्यक्ष मन्त्री श्रेष्ठले यस वर्षको आदर्श वाक्य तय गरी राष्ट्रव्यापीरुपमा योग मनाउन सबै सरोकारवाला निकायलाई निर्देशन दिनुभयो । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सङ्घ र प्रदेशस्तरमा भर्चुअल माध्यमबाट दिवस मनाउने तयारी भएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया