एक हजार ९४८ संक्रमित थपिए, संक्रमणमुक्त हुने दर ९२ प्रतिशत

  मंसिर १०, २०७७

काठमाडौं, मङ्सिर १० : नेपालमा कोरोना भाइरसका एक हजार ९४८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ । योसँगै सक्रिय सङ्क्रमित संख्या १६ हजार ६३९ छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा नाै हजार २१० वटा नमुनाको आरटी पीसीआरको परीक्षणमा सो संख्यामा संक्रमितहरु थपिएका हुन् । अहिलेसम्म १६ लाख ९०  हजार ५०९ वटा आरटी पीसीआरको परीक्षण भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १४० निको भएका छन् । निको हुनेको संख्या दुई लाख ७ हजार ९९८ छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २८जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३८९पुगेको छ । 

तपाईको प्रतिक्रिया