कोरोना सङ्कट गहिरियो, क्यालिफोर्नियामा घरमै बस्न आदेश

  मंसिर ०५, २०७७

क्यालिफोर्निया, मंसिर ५ : कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक वृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ । क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

शनिबारदेखि लागु हुने आदेश आगामी डिसेम्बर २१ तारिखसम्म कायम रहने र आवश्यकता अनुसार फेरि थप हुनसक्ने अधिकारीहरूले जनाएका छन् । “हाम्रो राज्यमा महामारी बढ्दैगएको छ, केही हप्ता जटिल र सङ्कटपूर्ण हुने देखिएको छ, त्यसैले हामी सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ,” क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले भन्नुभयो । क्यालिफोर्नियामा अहिलेसम्म दश लाख ५९ हजार २६७ जना सङ्क्रमित भएका छन् भने १८ हजार ४६६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया