तनहुँका एकसहित पोखरामा एकै दिन सात जनाको कोरोनाबाट मृत्यु

  मंसिर ०५, २०७७

कास्की, मंसिर ५ : पोखरामा तनहुँका एकसहित थप सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १ सहित पोखरामा थप ७ जनाको ज्यान गएको हो ।

पोखारा २७ का ७१ वर्षीय संक्रमितको बिहीवार राति १ बजेर ४० मिनेट जाँदा पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । उहाँलाई कार्तिक २९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा ८ का ५४ वर्षीय पुरुषकाे आज बिहान ३ बजेर ५० मिनेट जाँदा गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गएको हो । उहाँलाई कार्तिक २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पोखरा ९ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ । उहाँको बिहीबार राति ११ बजे पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उहाँलाई हिजो बिहीबार मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पोखरा २१ का ७५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको बिहीबार राति ११ बजेर २० मिनेट जाँदा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उहाँलाई पनि बिहीवार नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरामा २९ वर्षीय पुरुषकाे समेत कोरोना संक्रमणबाट ज्यान गएको छ । पोखरा १७ का उहाँको आज दिउँसो साढे १२ बजे उपचारका क्रममा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उहाँलाई पनि बिहीबार नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पोखरा १३ का ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । उहाँको आज बिहान ४ बजेर १५ मिनेट जाँदा पोखरा स्वास्थ् विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

तनहुँका १ जनाको समेत पोखरामा नै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका वडा नम्बर ४ का ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट गण्डकी मेडिकल कलेजमा आज बिहान साढे ९ बजे ज्यान गएको हो । उहाँलाई मंसिर ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ३८ पुगेको छ ।

तपाईको प्रतिक्रिया