साउदीको दमाम र जुवेलमा राहदानी नवीकरणका लागि अस्थायी कार्यालय सञ्चालन गरिने

  मंसिर ०५, २०७७

काठमाडौं, मंसिर ५ : साउदी अरबको (रियाद) शहर भन्दा टाढा रहेका नेपालीलाई राहदानी नवीकरण गर्न सहज हुने उद्देश्यले पहिलो चरणमा दमाम र जुवेलमा राहदानी आवेदन संकलन लागि अस्थायी कार्यालय सञ्चालन गरिने भएको छ ।

साउदीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नवीकरण गर्न लागेकोले राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर संकलनका दमाम शुक्रबार ०४ डिसेम्बर र जुवेल शुक्रबार ११ डिसेम्बर हुने बताएको छ ।

साथै, राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भरेकालाई पहिलो प्राथमिकता दिइने सूचनामा उल्लेख छ । राहदानी नविकरणको लागि अनलाइन फाराम भर्नबाँकी लिंकबाट जति सक्दो चाडो अनलाइन फाराम भरी पठाउन दूतावासको अनुरोध छ । अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइने दूतावासले बताएको छ ।

तपाईको प्रतिक्रिया