परदेशीको पीडा दुइतले खाटैमा सार्वजनिक

  कार्तिक २४, २०७७

काठमाडौँ, कात्तिक २० : सर्जक सुरज विश्वकर्माको रचना एवं संगीतमा परदेशीको भावना समेटिएको गीत ‘दुईतले फलामको खाटैमा’ सार्वजनिक भएको छ ।

युवा पुस्ताका परदेशीका दुःख र भवानालाई गीतमा समेटिएको रचनाकार सुरज विश्वकर्माले बताउनुभयो । उहाँ मकाउमा बसेर गीत लेखन र संगीतलाई निरन्तरता दिँदै आउनुभएको छ ।

सन् २०२० को मार्चमा नेपाल आउने तयारी गरिसक्दा कोरोना महामारीको लकडाउन भइदियो । टिकट लिइसकेपछि पनि विश्वकर्मा घर आउन पाउनुभएन । यही पीडामा छट्पटाउँदै उहाँले ‘दुईतले फलामको खाटैमा’ गीतको सृजना गर्नुभएको हो । गीतमा परदेशमा बस्ने नेपालीहरुको भावना बोलेको छ ।

‘दुईतले फलामको खाटैमा’ गीतमा स्वर रहेको छ नेपाल आइडल सिजन-२ का उपविजेता विक्रम बरालको । सो गीत विश्वकर्माले यूट्यूव च्यानलमार्फत् सार्वजनिक गर्नुभएको छ । गीतको शब्द रचना र संगीत उनै सर्जक सुरज विश्वकर्माले गर्नुभएको हो । संगीत संयोजन भने विनोद रसाइलीले गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया