युरोपमा पर्यटन तथा गलैँचा र हस्तकला प्रवद्र्धन गर्न आग्रह

  कार्तिक २४, २०७७

काठमाडौँ, कात्तिक २३ : नेपाल उद्योग परिसंघका पदाधिकारी र बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीबीच आज लगानी विस्तार तथा आर्थिक कूटनीतिको प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ । यहाँ आयोजित छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरलगायत वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी प्रवद्र्धन गर्नु पर्ने बताउनुभयो ।    
    
 अध्यक्ष मोरले वैदेशिक लगानी भित्र्याउनका लागि प्रक्रियागत झण्झट र कानूनी अवरोधलाई सहज बनाउनका लागि परिसंघले पहल गरिरहेको जानकारी दिँदै सरकारबाट समेत सकारात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँले नेपाल र बेल्जियमबीच सुसम्बन्ध रहँदै आएको बताउँदै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाई नेपाली ऊनी गलैँचा र हस्तकलाका वस्तुको निर्यात व्यपारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।     
    
बेल्जियम र युरोपेली सङ्घमा आबद्ध राष्ट्रमा नेपालका धार्मिक, सांस्कृतिक र पर्यटनको गन्तव्यस्थललाई उजागर गर्ने प्रकारका कार्यक्रम र प्रचारात्मक सामग्रीका माध्यमबाट नेपालमा पर्यटन व्यवसाय प्रवद्र्धनका लागि पहल गर्न समेत अध्यक्ष मोरले सुझाव दिनुभयो ।     
    
 छलफलका क्रममा राजदूत राजभण्डारीले लगानी विस्तार र आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको सधैँ सहकार्य हुनुपर्ने बताउँदै वैदेशिक लगानी विस्तारमा आपूmले पहल गर्ने आश्वासन दिनुभयो । त्यसैगरी सम्भाव्यता बोकेका नेपाली उत्पादनको निर्यात प्रवद्र्धनलगायत नेपाल वायुसेवा निगमको उडानलाई सहज बनाउनका लागि पनि आपूmले सकेको पहल गर्ने उहाँले बताउनुभयो । 

तपाईको प्रतिक्रिया