तीन हजार ६३७ कोरोना संक्रमित थपिए, तीन हजार २१५ डिस्चार्ज

  कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : नेपालमा कोरोनाभाइरसका तीन हजार ६३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ६३७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ४८ हजार ५०९ पुगेको छ । हाल ४४ ह्जार ८७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय  छ ।

उपचारका लागि हाेमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् । क्वारेन्टिनमा तीनहजार ७५१ जना  छन् । देशका विभिन्न अस्पतालमा २९० जना आइसीयू र ७७ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार २१५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म कुल एक लाख दुई हजार ८२० डिस्चार्ज भएका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

तपाईको प्रतिक्रिया