एघार अर्ब २० करोडको टेजरी बिल बिक्री गरिने

  कार्तिक ०२, २०७७

काठमाडौँ, कात्तिक २ : नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये रु सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो ।  केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते छ ।    

तपाईको प्रतिक्रिया