विराटनगर विद्युत प्राधिकरणका ३० कर्मचारीमा कोरोना संक्रमण

  असोज ३०, २०७७

विराटनगर, असोज ३० : नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका ३० जना कर्मचारीमा एकै पटक कोरोना भाईरस संक्रमण देखिएपछि शुक्रबारदेखि अति आवश्यक बाहेका सेवा बन्द गरिएको छ ।

केन्द्रका प्रशासन र प्राविधिकतर्फका कर्मचारी संक्रमित भएपछि फ्यूज शाखा बाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो ।

केन्द्रको महसुल काउण्टर शुक्रबारदेखि नै बन्द गरिएको छ ।

विद्युत प्राधिकरण विराटनगर केन्द्रका प्रमुख राजीव सिंहका अनुसार अहिलेलाई अनलाइनबाट मात्रै महशुल बुझाउन सक्ने सुविधा दिईएको हो ।

गत बुधबार ५० जना कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ३० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

शाखा प्रमुख सिंहले महशुल काउण्टरमा बस्ने सबैजसो कर्मचारी संक्रमित भएको बताउनुभयो । लेखा, स्टोर, प्रशासन र प्राविधिकतर्फका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको हो ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले बिहीबार नै सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि कार्यालय सिल गर्ने जानकारी गराएको थियो । शाखाअन्तर्गत स्थायीतर्फ १ सय ३० जना र बाँकी करार र अस्थायी गरी १ सय ८० जना कर्मचारी छन् ।

तपाईको प्रतिक्रिया