मिसबाह उल हकले प्रमुख चयनकर्ताकाे जिम्मेवारी त्याग्ने

  असोज २८, २०७७

काठमाडौं, असोज २८ : करिब एक वर्षभन्दा बढी समय पाकिस्तान क्रिकेट टोलीको प्रमुख चयनकर्ताकाे भूमिकामा रहनुभएका मिसबाह उल हकले उक्त जिम्मेवारी त्याग्ने हुनुभएको छ । यद्यपि उहाँ प्रमुख प्रशिक्षकको पदमा यथावत रहनुहुनेछ ।

मिसबाह उल हकले एक पत्रकार सम्मेलनको आयोजना गरी आफू प्रमुख चयनकर्ताकाे भूमिकाबाट राजिनामा गर्न लागेको जनाउनुभएको हो । एकै जना ब्यक्ति प्रमुख चयनकर्ता र प्रशिक्षकको भूमिकामा हुनु पाकिस्तान क्रिकेट बोर्डको आचारसंहिता विपरीत हो । निर्देशिकामा संशोधन गरी गतवर्ष सेप्टेम्बर महिनामा उहाँलाई दुबै भूमिकाको जिम्मेवारी दिइएको थियो ।

तपाईको प्रतिक्रिया