शीर्ष वरीयताका गल्फर डस्टिन जोन्सनमा कोरोना सङ्क्रमणको पुष्टि

  असोज २८, २०७७

काठमाडौं, असोज २८ : विश्व वरीयतामा शीर्ष स्थानका गल्फर डस्टिन जोन्सनमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । व्यवसायिक गल्फर संघ(पीजीए)ले जोन्सनमा कोरोनाभाइरसको सङ्क्रमणका पुष्टि गरेको हो ।

पीजीएका अनुसार ३६ वर्षीय जोन्सन हाल आइसोलेशनमा हुनुहुन्छ । सङ्क्रमणको पुष्टिसँगै जोन्सनले बिहीबार हुने सीजी कपबाट नाम फिर्ता लिनुभएको छ । अमेरिकी गल्फर जोन्सन गत् सेप्टेम्बर महिनामा सम्पन्न यू एस ओपनमा छैटाैं स्थान प्राप्त गर्नुभएको थियो ।

जोन्सनले सीजी कपबाट नाम फिर्ता लिनुपर्दा दुःखी भएको बताउनुहुँदै आफू सक्दो छिटो गल्फका लागि फिर्ता हुने जानकारी साझा गर्नुभएको छ । सोमबार मात्रै जोन्सनले सीजी कपका अधिकारीहरुलाई आफूमा सङ्क्रमणको लक्षण देखिएको जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया