महिमा चौधरीकी प्रेमीले उडाए संजय दत्तकी श्रीमती

  असोज २३, २०७७

काठमाडौं, असोज २३ : १३ सेप्टेम्बर १९७३ का दार्जिलिंगमा जन्मेकी महिमा चौधरीको वास्तविक नाम रितु चौधरी हो । यसै बर्ष ४७ औँ जन्मदिन मनाएकी महिमाले सन् १९९७ मा रिलीज भएको फिल्म ‘परदेश’बाट  बलिउड डेब्यू गरिन ।

बलिउडमा थोरै समयमा चर्चा पाउने अभिनेत्रीको नाममा महिमा चौधरीको नाम आउछ । जो पहिलो फिल्मबाटै रातारात सफल भइन्  । महिमाको अफयरको बारेमा पनि धेरै चर्चा हुने गरेको छ । महिमाको नाम भारतीय टेनिस खेलाडी लिएन्डर पेससँग जोडिएको थियो । उनी पेससँग करीव ५  बर्ष सम्बन्धमा थिइन तर यो सम्बन्ध अगाडि बढ्न सकेन र दुवै छुट्टिए ।

२००५ मा लिएन्डर र महिमा एक अर्को डेट गर्दै थिए । यसैबीच, संजय दत्तको दोस्रो पत्नी रिया पिल्लईसँग लिएन्डरको घनिष्ठता बढ्दै थियो । महिमासँग ब्रेकअपपछि लिएन्डरले रियासँग विवाह गरे । पछि उनीहरूको पनि सम्बन्ध विच्छेद भयो ।

सन् २००६ मा महिमा चौधरीको विवाहको अचानक खबर आयो । सो समय गर्भावस्थाको कारण महिमाले हतारमा विवाह गरिन् भन्ने हल्ला चलेको थियो । उनले आर्किटेक्ट र व्यापारी बोबी मुखर्जीसँग विवाह गरिन् । महिमा र बबीको विवाह लामो समयसम्म टिकेन ।  २०१३ देखि उनी आफ्नो पतिबाट अलग बस्न थालिन् ।

चलचित्र छोडेपछि महिमा चौधरीले रियलिटी टिभी कार्यक्रम गर्न थालिन् । एक अन्तर्वार्तामा उनले यसलाई आफ्नो करियरको अन्त्य भएको बताइन् । (एजेन्सी)

तपाईको प्रतिक्रिया