भायानेटले ल्यायो बडा दशैंमा बडा टिभी अफर

  असोज १७, २०७७

काठमाडौं, असोज १७ :  इन्टरनेट कम्पनी भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफर “भायानेट बडा दशैंमा बडा टिभी” आफ्ना ग्राहकहरुका लागि ल्याएको छ । कम्पनीका अनुसार नेपालीहरुको महान् चाड दशैं र तिहारको उपलक्ष्यमा “भायानेट बडा दशैंमा बडा टिभी” नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत, भायानेटका ग्राहकहरुले ४३ इन्च स्काइवर्थ एलईडी टिभी का साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु. ४१ ह्जार ९ सय ९० मा प्राप्त गर्नेछन् । भने ३२ इन्चको स्काईवर्थ एलईडी टिभी का साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र २८ हजार ९ सय ९० रुपैयाँमा प्राप्त गर्ने छन् ।

यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको रु. ६५० सम्मको क्यास भौचर प्रदान गर्दैछ भने पुराना ग्राहकहरुले थप रु. ६०० सम्मको छुट पनि प्राप्त गर्नेछन् । ग्राहकहरुलाई यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५% भन्दा बढीको छुट पाउने दावी भायानेटले गरेको छ । भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने एलईडी टिभीमा स्मार्ट टिभीको फिचरको मजा लिन सकिनेछ ।

तपाईको प्रतिक्रिया