त्रिविका शिक्षाध्यक्ष प्रा डा भुसालको कार्यभार शुरु

  चैत ०७, २०७६

काठमाडौं, चैत ७ : त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा नियुक्त प्रा.डा शिवलाल भुषालले आजदेखि कार्यभार शुरु गर्नुभएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १९ को उपदफा (१) बमोजिम प्रा डा भुसाललाई यही चैत ६ गते नियुक्त गर्नुभएको थियो ।

शिक्षाध्यक्षको पदावधि ४ वर्षको हुनेछ । ढाकावाङ– ९, अर्घाखाँचीमा जन्मनुभएका प्रा डा भुसाल यसअघि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन हुनुहुन्थ्यो । उहाँले अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया